बसदेखि प्लेनको टिकटसम्म केटीएम सिटीको दशैं अफर

काठमाडौं । दशैंको अवसरमा केटीएम सिटीले विशेष अफर ल्याएको छ । दशैंको नयाँ अफरमा सामान किन्दा विशेष छुटदेखि बस र प्लेनको टिकटसम्म ग्राहकहरुले प्राप्त गर्न सक्नेछन् ।

नेपालीहरुको विशेष पर्वको रुपमा मनाइने दशैंको अवसरमा २ हजारसम्मको सामान किन्दा बफ वा क्याप प्राप्त गर्नेछन् भने ३ हजारसम्मको सपिङमा टावेल प्राप्त गर्नेछन् ।

केटीएफ सिटीको ४ हजारसम्मको सामानमा पठाओको स्पेशल प्रोमो कोट र ५ हजारसम्मको सामान किन्दा ग्रासल्याण्ड फेस्टिभलको निशुल्क टिकेट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

फेस्टिभलको १८ वटा टिकेटमात्र बाँकी रहेको छ । यस्तै ८ हजारको सामान किन्ने सुरुआतका १० ग्राहकले झापा, बुटवल वा पोखराको बस टिकट प्राप्त गर्नेछन् भने ३० हजारसम्मको सामान किन्दा सुरुआतका ८ जनाले झापा, बुटवल वा पोखराको फ्लाइट टिकेट प्राप्त गर्नेछन् ।

यस्तै, ५० हजारभन्दा माथिको सामान किन्ने होलसेल ग्राहकहरुले १५ प्रतिशत छुट प्राप्त गर्ने केटीएम सिटीले जनाएको छ । अफर नजिकैको स्टोर र अनलाईनमा प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

अमेरिकी आयातमा प्रतिशोधात्मक कर लगाउने डब्ल्यूटीओको निर्णयविरुद्ध चीनद्वारा अपिल Read Previous

अमेरिकी आयातमा प्रतिशोधात्मक कर लगाउने डब्ल्यूटीओको निर्णयविरुद्ध चीनद्वारा अपिल

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी Read Next

नेपाली हस्तकलाका वस्तु ८० देशमा निकासी