सानिमा मिडिल तमोर हाइड्रोपावरको आइपीओ बाँडफाँट, यहाँबाट सजिलै हेर्नुहोस् नतिजा

काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडको प्राथमिक साधारण सेयर (आइपीओ) बाँडफाँट भएको छ । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटलले आज बिहान १० बजे आइपीओ बाँडफाँट गरेको हो ।

क्यापिटलका अनुसार गोलाप्रथाबाट ४ लाख २४ हजार ८९३ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । सोमध्ये भाग्यमानी ८ जनाले थप १/१ कित्ता सेयर पाएका छन् । ९ लाख २३ हजार ४४९ लाख बढीको भने हात रित्तो भएको छ ।

कम्पनीले सर्वसाधारणका लागि फागुन २६ देखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरले ४२ करोड ४८ लाख ९८ हजार ३०० रुपैयाँ बराबरको ४२ लाख ४८ हजार ९८३ कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो ।

कहाँबाट हेर्ने रिजल्ट ?

कम्पनीको आइपीओको रिजल्ट ३ ठाउँबाट हेर्न सकिने छ । लगानीकर्ताले  https://iporesult.cdsc.com.np/ मा गएर १६ अंकको डिम्याट नम्बर हालेपछि सजिलै हेर्न सक्नेछन् ।

यसैगरी, विक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट र सानिमा मिडिल तमोर हाइड्रोपावरको वेबसाइटबाट पनि नतिजा हेर्न सकिने छ । यद्यपि, भर्खरै मात्र आइपीओ बाँडफाँड भएकाले नतिजा आउन केही समय लाग्ने जनाइएको छ ।

मध्यपहाडी राजमार्गको पोखराखण्डको नयाँ 'एलाइनमेन्ट' पनि विवादमा, स्थानीय आन्दोलनमा Read Previous

मध्यपहाडी राजमार्गको पोखराखण्डको नयाँ 'एलाइनमेन्ट' पनि विवादमा, स्थानीय आन्दोलनमा

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने, अब नयाँ नामबाट किनबेच Read Next

सानिमा र रिलायन्स लाइफ इन्स्योरेन्सको सेयर कारोबार रोक्का हुने, अब नयाँ नामबाट किनबेच