एकैपटक २०० बढी गाडी एक-आपसमा ठोक्किएपछि…(भिडियोसहित)

काठमाडौं । चीनको हेनान प्रान्तमा २०० बढी गाडी एकआपसमा ठोकिएका छन् । बुधबार हेनान प्रान्तको चेङचोउस्थित एलो रिभर माथिको पुलमा उक्त दुर्घटना भएको हो ।

उक्त दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने केही घाइते भएका छन् । कारण नखुले पनि बाक्लो हुस्सु र कुहिरोका कारण भिजिबिलिटी कम भई दुर्घटना भएको अनुमान गरिएको छ ।

दुर्घटनास्थलमा थुप्रै गाडीहरु एकैठाउँ थुप्रिएका, एउटा गाडीमाथि अर्को गाडी चढेको र कच्याककुचुक परेको देखिन्छ । चिनियाँ समाचार च्यानल सीसीटीभीले दुर्घटनाबाट एक जनाको मृत्यु भएको जनाएको छ । दुर्घटनास्थलबाट गाडीहरु पन्छाएर यातायात सन्चालन गर्न उद्धारकर्ताहरु सक्रिय भएकाे जनाइएकाे छ ।

आयात नरोकिँदा औषधि उद्योग मारमा, ७० प्रतिशत औषधि नेपालमै उत्पादन गर्न सकिने Read Previous

आयात नरोकिँदा औषधि उद्योग मारमा, ७० प्रतिशत औषधि नेपालमै उत्पादन गर्न सकिने

५ दिनभित्र सरकारको न्यूनतम कार्यक्रम तयार गरिने Read Next

५ दिनभित्र सरकारको न्यूनतम कार्यक्रम तयार गरिने