भारतकै अग्लो ट्वीन टावर भत्काइँदै, १२ सेकेण्डमा ग्राउण्ड जिरोमा ल्याइने

नयाँदिल्ली । भारतको राजधानी नयाँ दिल्ली नजिकै निर्माण गरिएका भारतकै सबैभन्दा अग्लो ट्वीन टावर भत्काइने भएको छ ।

नयाँदिल्ली नजिकै उत्तर प्रदेशको नोएडामा निजी कम्पनी सुपरटेकले बनाएका ३२ तले ट्वीन टावर भत्काउने तयारी गरिएको हो ।

भारतीय सर्वोच्च अदालतले भवन आचारसंहिता उल्लंघन गरी निर्माण गरेको ठहर गर्दै भत्काउन आदेश दिएको थियो । सोसँगै प्रशासनले भवन भत्काउन लागेको भारतीय संचार माध्यमले जनाएका छन् ।

आगामी आइतबार उक्त भवन भत्काउनका लागि सबै व्यवस्था गरिसकिएको जनाइएको छ । टावर भत्काउन ३७०० किलो विष्फोटक पदार्थ भवनमा जडान गरिसकिएको छ । एपेक्स र सियान नाम दिइएका ती दुवै टावर करिब १२ सेकेण्डमा ग्राउण्ड जिरोमा ल्याइने छ ।

घना बस्ती नजिकै यति ठूलो विष्फोट गराउनु निकै चुनौती हुने भएकाले आइतबार टावर भत्काउनुलाई विश्वकै बिरलै घटना भनिएको छ ।

यी टावर आसपास बस्ने ७ हजार मानिसलाई आइतबार बिहानसम्म अन्यत्रै सारिने भएको छ । टावर भत्काएको ५ घण्टापछि मात्रै उनीहरुलाई घर फर्कन दिइने भएको छ ।

त्यसैगरी त्यस क्षेत्रका घरपालुवा जनावर तथा अन्य जीवजन्तुलाई पनि निकै टाढा पुर्याएर राखिने भएको छ । टावर भत्काउदा करिब १ हजार फिट माथिसम्म धुलोको मुश्लो जाने भएकाले विमानस्थल तथा वायुसेनालाई पूर्वसतर्कता अपनाउन भनिएको छ ।

टावर भत्काउनका लागि तीन वटा देशका विज्ञ इञ्जिनियरहरुको टिम खटिरहेको छ । भवन भत्काउँदा ४ रेक्टर स्केलको भूकम्प गए बराबरको कम्पन आउने छ । तर पनि टावर भत्काउन पूर्ण रुपमा सुरक्षित हुने वरिष्ठ इञ्जिनियर मयुर मेहताले बताएका छन् ।

टावर भत्काउने क्रममा तीन जना विष्फोटक र तीन जना प्रहरीलाई मात्रै त्यस साइटमा उपस्थित हुने अनुमति दिइएको छ । यी दुई टावर भत्काएपछि ३० हजार टन भग्नावशेष थुप्रिने अनुमान गरिएको छ । एजेन्सी

गौतमबुद्ध विमानस्थलमा उडान गर्ने कम्पनी थपिँदै, हिमालय एयरको परीक्षण उडान Read Previous

गौतमबुद्ध विमानस्थलमा उडान गर्ने कम्पनी थपिँदै, हिमालय एयरको परीक्षण उडान

कुर्था-जयनगर रेलमा थामी नसक्नु भीड, ३०० सीट क्षमताको रेलमा ७०० यात्रु Read Next

कुर्था-जयनगर रेलमा थामी नसक्नु भीड, ३०० सीट क्षमताको रेलमा ७०० यात्रु