इन्चोन (दक्षिण कोरिया) । एशियाली मुलुक दक्षिण कोरियामा जरजग्गाको मूल्य अस्वभाविक रूपमा बढेको छ । ५ वर्षको अवधिमै आवासीय घर/अपार्टमेन्टको मूल्य अहिले छुनै नसक्ने अवस्थामा पुगेको छ । यस अवधिमै अपार्टमेन्टहरूको मूल्य दोब्बरभन्दा धेरैले बढेको छ ।
दक्षिण कोरियाकी ३३ वर्षिया ली जु–ह्योनले घर किन्ने विचारलाई गम्भीरतापूर्वक लिइनन् । तर जब लीले आफ्नो हुनेवाला श्रीमानसँग बस्नको लागि ठाउँ खोज्न थालिन्, मूल्य बढेको देखेर उनी छक्क परिन् ।
‘हामी ४०० मिलियन वन (३१६००० डलर) मूल्यमा आउने लगभग ६६ वर्ग मिटरको घर खोज्दैछौं,’ पत्रकारको रूपमा काम गर्ने लीले भनिन् ‘तर मूल्यहरू वृद्धि अस्वभाविक भइसकेको छ ।’
पाँच वर्ष अघि लीले खोजी गरेको भए सजिलै पाउने अवस्था थियो । तर, यस अवधिमा बढेको अस्वभाविक मूल्यले घर पाउनै मुस्किल भएको उनले बताइन् । केबी कुकमिन बैंकको घर मूल्य ट्र्याकरका अनुसार सन् २०१७ मा उनी बसेको ठाउँ उत्तरपश्चिमी सियोलको उनप्योङ जिल्लामा अपाटृमेन्टको औषत मूल्य ४७० मिलियन वन थियो ।
अहिले सो मूल्य बढेर ९०० मिलियन वन भन्दा बढी पुगेको छ । यस क्षेत्रमा भएको अस्वभाविक मूल्य वृद्धिले अन्य घर खरिदकर्ताहरूसँगे ली पनि उत्तरपश्चिम छिमेकी ग्योन्गी प्रान्तमा सर्ने विचार गरीरहेकी छिन् । जहाँ घरको मूल्य सियोल भन्दा कम छ ।
सोल क्षेत्रमा घरको औसत विक्री मूल्य सन् २०१७ को मेमा ३४ करोड १० लाख वन रहेकोमा सन् २०२२ को मार्चसम्म बढेर ६२ करोड ६० लाख वनमा पुगेको कोरिया रियल इस्टेट बोर्डले बताएको छ ।
सोही अवधिमा सोलमा अपार्टमेन्टको औसत मूल्य ६० करोड ७० लाख वन ( ५ कराेड ८७ ला रूपैयाँ) बाट बढेर १ अर्ब २० करोड वन (११ कराेड ६१ लाख नेपाली रूपैयाँ) पुगेको केबी कुकमिन बैंक तथ्यांकले देखाएको छ । सन् २०२० मा कोरियन इकोनोमिक एशोसिएशनले गरेको एउटा सर्वेक्षणले सरकारले घरजग्गामा आपूर्ति बढाउन भन्दा पनि यो क्षेत्रमा सट्टेबाजी रोक्नतिर बढी ध्यान दिएका कारण मूल्यमा झने बढोत्तरी आएको हो ।
अर्थशास्त्रीहरूका अनुसार केही क्षेत्रलाई धेरै मूल्य हुने क्षेत्रको रूपमा निर्धारण गरेर कारोबारका लागि अनुमति प्रणाली सुरू गरियो । जसले गर्दा मानिसहरूलाई मूल्य अझै बढ्ने आशंका भयो ।
सरकारले यो गर्न नहुने काम गरेका कारण पनि घरको मूल्य वृद्धिलाई अस्वभाविक भएको विज्ञहरूले बताएका छन् । मूल्य वृद्धिको फोका बढेर ठूल्ठूलो हुन थालेपछि पहिलो पटक घर किन्न आँट गरिरहेकाहरू पछडि सरेका छन् ।
घरजग्गाको भाउ छुनै नसक्ने भएपछि भाउ घट्ला अनि लिउँला भनेर कुर्नेहरूको संख्या बढको छ । तर मूल्य वृद्धिले केहीलाई भने लाभ पनि भएको छ । केही वर्ष अगाडि घरमा लगाएको पैसाको भाउ दोब्बर, तेब्बर पुगेको छ ।
सरकारले घरजग्गाको मूल्य नियन्त्रण प्रयास गरे पनि त्यो प्रभावकारी भने भएको छैन् । धितोका कर्जासम्बन्धी सरकारको केही नीतिले सम्भावित क्रेताहरूका लागि घर खरिद असम्भव बनाएको छ ।
९० करोड वनसम्म मूल्य पर्ने घरको लागि घरको मूल्यका आधारमा उपलब्ध गराइने कर्जाको अनुपात सरकारले ७० प्रतिशतबाट घटाएर ४० प्रतिशतमा झारेको छ । यसले सम्भावित घर क्रेताको लागि आवश्यक रकम जोहो गर्न संघर्ष गर्नु पर्ने अवस्था आएको खरिदकर्ताहरूको तर्क छ ।
दक्षिण कोरियामा अहिले सामान्य घरपरिवारका लागि पनि बैंकबाट कर्जा पाउन मुस्किल भएको छ । यसका बाबजुत थोरै रकम अपुग भएर घर किन्न नसक्ने अवस्था समेत आएको छ ।
दक्षिण कोरियामा घरपरिवारको सम्पत्तिको ६० प्रतिशत अनुपात लगानी घरजग्गामा छ । जसको कारण पुरानो र नयाँ पुस्ता बीच घरको स्वामित्व र सम्पत्तिबीचको अन्तर फराकिलो बन्दै गइरहेको छ ।
सन् २०२० मा भएको घरपरिवारको सर्वेक्षणले ४० वर्ष वा सोभन्दा कम उमेरका पुस्तामा घरको स्वामित्व ओरालो लागिरहेकोे देखाएको थियो ।कोरियाको मध्यम आय भएको वर्गमा सम्पत्तिको भर्याङ सन् १९७० मा जन्मिएकाहरूका लागि स्थिर रहेको स्वतन्त्र आर्थिक अनुसन्धानकर्ता चो गिवि–डोङले बताएका छन् ।
सन् १९८१ पछि जन्मिएकाहरूको हकमा स्वामित्व घट्दै गइरहेको उनको भनाइ छ । दक्षिण कोरियामा सन् १९८१ देखि सन् १९९६ बीचमा जन्मिएका अर्थात् मिलेनियल र सन् १९९७ देखि सन् २०१२ को बीचमा जन्मिएकाहरू अर्थात् जेनरेशन जेडहरू आफ्ना पुराना पुस्ता बीच यति धेरै विरोध किन गर्ने रहेछन् भनेर यो अन्तरले पनि प्रष्ट पार्ने चुले बताएका छन् ।-अलजजीरा