श्रीलंकामा पेट्रोलियम पदार्थको भाउ एकैपटक १२ प्रतिशत बढ्यो

काठमाडौं । दक्षिण एसियामा बलियो अर्थतन्त्र मानिने श्रीलंकालाई आर्थिक संकट परेको छ । प्रमुख विदेशी मुद्रा कमाउने पर्यटन क्षेत्र संकटग्रस्त बनेपछि श्रीलंका आर्थिक संकटको चपेटामा परेको हो ।

 

सरकारले विदेशी मुद्रा बचाउने प्रयासमा मार्च २०२० मा आयातमा कडाइ गरेको थियो । अहिले देशमा इन्धन, विद्युत्, सवारी साधनको पार्टस् र सिमेन्टलगायतको अभाव भइरहेको छ ।

 

खाद्यान्नको कमी, मुद्रा अवमूल्यन र विदेशी मुद्राको सञ्चिति अभाव जस्ता विषयले अहिले संकट सिधा अगाडि देखिएको छ । श्रीलंकको मुख्य ऋणदाता चीन हो ।

 

श्रीलंकाको अर्थतन्त्रको ठूलो हिस्सा पर्यटनमा निर्भर छ । श्रीलंकाको सबैभन्दा ठूलो इन्धन आपूर्तिकर्तामध्ये एक कम्पनीले शनिबार इन्धनको मूल्य १२ प्रतिशतसम्म बढाएको छ ।

 

बजारको एक तीहाई हिस्सा रहेको इन्धनको खुद्रा आपूर्तिकर्ता लङ्का आईओसीले दिएको जानकारी अनुसार सार्वजनिक यातायातले प्रयोग गर्ने डिजलको मूल्य १२ प्रतिशत र पेट्रोल ११ प्रतिशतले बढेको हो । तीन हप्ता अगाडि ७ प्रतिशत भाउ बढेको थिए ।

सुन तस्करीको अखडा बन्दै त्रिभुवन विमानस्थल, कर्मचारी नै संलग्न Read Previous

सुन तस्करीको अखडा बन्दै त्रिभुवन विमानस्थल, कर्मचारी नै संलग्न

दराजमा आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने Read Next

दराजमा आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुट पाइने