काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको (प्रमोटर) सेयर आजदेखि लिलामीमा आएको छ । नबिल बैंकले आफ्नो स्वामित्वमा रहेको लघुवित्तको १ लाख ६२ हजार ४९८ कित्ता संस्थापक सेयर लिलामी मार्फत विक्री गर्न लागेको हो ।
लघुवित्तको सेयर किन्न इच्छुक लगानीकर्ताले न्यूनतम मूल्य प्रतिकित्ता ६५० रुपैयाँ नघटाई आफूले लिन चाहेको सेयर संख्य मूल्य तोकी गोप्य शिलबन्दी मार्फत आवेदन दिनु पर्नेछ ।
कम्पनीको लिलामी सेयरमा माघ १८ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । आवेदकले न्यूनतम १००० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
लिलामी सेयरमा विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले आवेदन दिन सक्नेछन् ।इच्छुक लगानीकर्ताले विक्री प्रबन्धक नबिल इनभेष्टमेन्ट बैंकिङ, नक्साल काठमाडौँमा आवेदन दिन सक्नेछन् ।
दोस्रो बजारमा आज लघुवित्तको सेयर प्रतिकित्ता १४१० रुपैयाँमा कारोबार भइरहेको छ ।