ललिता निवासको १३६ रोपनी सरकारी जग्गा हडप्ने ‘भूमाफिया’ रामकुमार सुवेदी पक्राउ

काठमाडौं । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिनामा संलग्न फरार अभियुक्त रामकुमार सुवेदी पक्राउ परेका छन् ।प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी)ले उनलाई गए राती काठमाडौंको स्वयम्भूबाट पक्राउ गरेको हो ।

 

साथै, प्रहरीले उनकी पत्नी माधवी सुवेदीलाई पनि पक्राउ गरेको छ । उनीहरू अहिले सीआईबीको नियन्त्रणमा छन् । पक्राउसँगै सीआईबीले ललिता निवास प्रकरणको किर्ते मुद्दामा सरकारी वकिलको कार्यालय काठमाडौं अनुसन्धान प्रतिवेदन पेस गर्ने तयारी गरेको छ ।

 

सो जग्गा प्रकरणमा सुवेदीलाई भूमाफिया भनी किटान गरिएको थियो । उक्त जग्गा प्रकरणमा तत्कालीन भोगाधिकारी सुवर्णशम्शेर परिवार नातेदारसँग मिलेर सरकारी जग्गा हत्याउन सुवेदी बिचौलियाको भूमिकामा खेलेको सीआईबीको अनुसन्धानबाट खुलेको थियो ।

 

उनसहित अन्य भूमाफियाले मिलेर १३६ रोपनीभन्दा बढी सरकारी जग्गा हडपिएको अनुसन्धानबाट पुष्टि भएको थियो । २०७६ माघ २२ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीसहित ११० जना विरुद्ध विषेश अदातलमा मुद्दा दायर गरेको थियो । त्यसयता सुवेदी फरार भएका थिए ।

 

उद्योगलाई धमाधम बिजुली : १० वटाले पाए १५० मेगावाट, स्टील र सिमेन्टले थप २१० मेगावाट पाउँदै Read Previous

उद्योगलाई धमाधम बिजुली : १० वटाले पाए १५० मेगावाट, स्टील र सिमेन्टले थप २१० मेगावाट पाउँदै

तरलता अभाव यथाशक्य हटाउन उद्योग सङ्गठन मोरङद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण Read Next

तरलता अभाव यथाशक्य हटाउन उद्योग सङ्गठन मोरङद्वारा राष्ट्र बैंकको ध्यानाकर्षण