इजरायलको तेल अभिभ बन्यो संसारकै महँगो सहर, यी हुन् विश्वका सबैभन्दा महँगा १० सहर

काठमाडौं । इजरेलको तेल अभिभ विश्वकै सबभन्दा महँगो सहर बन्न पुगेको छ। बढ्दो मुद्रास्फीति दर अनि आपूर्ति प्रणालीमा आएका समस्याका कारण संसारभरि सहरी क्षेत्रमा बसाइको खर्च झन्‌झन् बढ्दै गएको छ।

 

आन्तरिक युद्धले क्षतविक्षत सिरियाको राजधानी दमास्कस सबैभन्दा सस्तो सहरका रूपमा सूचीकृत भएको छ। यी दुई सहर केवल २०० किमीको दूरीमा छन्।

 

इकोनमिस्ट इन्टेलिजन्स यूनिटद्वारा (ईआईयू) प्रकाशित वार्षिक सर्वेक्षणमा पेरिस र सिङ्गापुर सबैभन्दा महँगा सहरको सूचीमा संयुक्त रूपमा दोस्रो स्थानमा छन्।

 

त्यसपछि जुरिच र हङ्‌कङ छन्। उक्त सर्वेक्षणमा तेल अभिभ पहिलो स्थानमा पुगेको यो पहिलो पटक हो। गत वर्ष उक्त सहर पाँचौँ स्थानमा थियो।

 

संसारभरिका १७० वटा सहरमा उपलब्ध वस्तु तथा सेवाका मूल्य अमेरिकी डलरमा तुलना गरेर वर्ल्डवाइड कस्ट अफ लिभिङ इन्डेक्स सूचीकृत गरिन्छ।

 

ईआईयूका अनुसार अगस्ट र सेप्टेम्बर महिनामा सङ्कलन गरिएको तथ्याङ्कअनुसार स्थानीय मुद्रामा औसत मूल्य ३.५ प्रतिशत वृद्धि देखिएको छ। पछिल्लो पाँच वर्षमा यो सबैभन्दा तीव्र गतिमा बढेको मुद्रास्फीति दर हो।

 

अध्ययन गरिएका सहरमा एक लिटर पेट्रोलको मूल्य औसतमा २१ प्रतिशतसम्म बढेकाले सबैभन्दा बढी मूल्य वृद्धि यातायात खर्चमा देखिएको छ।

तेल अभिभमा करिब १० प्रतिशत वस्तुको स्थानीय मूल्य व्यापक रूपमा बढेको पाइएको छ। तीमध्ये सबैभन्दा व्यापक वृद्धि खुद्रा सामानमा देखिएको छ।

 

सर्वेक्षणले मदिरा र यातायातका लागि तेल अभिभ दोस्रो सबैभन्दा महँगो सहर, व्यक्तिगत प्रयोग र सौन्दर्य प्रसाधनका सामानका लागि पाँचौँ र मनोरञ्जनका लागि छैटौँ महँगो सहर भएको पत्ता लगाएको छ।

 

गत वर्ष पेरिस, जुरिच र हङ्‌कङ ईआईयूले गरेको सर्वेक्षणको प्रथम स्थानमा थिए।

 

यी हुन् विश्वका सबैभन्दा महंगा १० सहर

 

१. तेल अभिभ
२. पेरिस र सिंगापुर
३. ज्युरिच
४. हङकङ
५. न्युयोर्क सिटी
६. जेनेभा
७. कोपनहेगन
८. लस एन्जलस
९.ओसाका

करका नीतिगत र व्यवहारिक कठिनाइ तत्काल हटाउन महासंघको माग Read Previous

करका नीतिगत र व्यवहारिक कठिनाइ तत्काल हटाउन महासंघको माग

पाथीभरामा हेलिकोप्टर कम्पनीको व्यापार फस्टाउँदै, कहाँबाट जान कति लाग्छ भाडा ? Read Next

पाथीभरामा हेलिकोप्टर कम्पनीको व्यापार फस्टाउँदै, कहाँबाट जान कति लाग्छ भाडा ?