काठमाडौं । भारतका सबैभन्दा धनाढ्य व्यक्ति मुकेश मुकेश अम्बानीले लण्डनको बकिंघमशायरको स्टोक पार्क क्षेत्रमा २३८५ रोपनीमा फैलिएको कन्ट्री क्लबका रूपमा संचालन भरहेको भव्य बंगला खरिद गरेका छन् ।
अम्बानीको रिलायन्स कम्पनीले ५७ मिलियन पाउण्ड (करिब ९ अर्ब १५ करोड नेपाली रुपैयाँ)मा उक्त घर किनेको हो । रिलायन्सले लण्डनमा घर किनेपछि पछि अम्बानी उतै बस्न लागेको चर्चा चलेको छ ।
यसैबीच, रिलायन्सले भने मुकेशले भारत नछाड्ने बताएको छ । रिलायन्स इन्डस्ट्रिजले एक विज्ञप्ति जारी गर्दै मुकेश अम्बानी लण्डन वा विश्वको अरू कुनै सहरमा पनि बसाइ नसर्ने स्पष्ट पारेको छ । अम्बानीले लण्डनमा खरिद गरेको उक्त बंगला निजी निवासका रूपमा प्रयोग नगर्ने रिलायन्स इन्डस्ट्रिजले स्पष्ट पारेको छ ।
रिलायन्सले विज्ञप्तिमार्फत भनेको छ, ‘हाम्रो कम्पनीका अध्यक्ष तथा उनको परिवार लण्डन वा विश्वमा अन्य कतै पनि मुख्य घर बनाएर बस्ने योजना छैन।’ मुकेश हाल मुम्बईमा एन्टिलिया नामको ४ लाख वर्गफुटको घरमा बस्छन्।
लण्डनमा खरिद गरिएको हेरिटेज प्रोपर्टीलाई कम्पनीले गल्फिङ तथा स्पोर्टिङ रिसोर्टका ‘पमा विकास गर्ने योजना बनाएको बताइएको छ । यस योजनाले भारतको हस्पिटालिटी उद्योगले विश्वभर अझ बढी पहिचान पाउने र विस्तार हुने अपेक्षा कम्पनीले गरेको छ।
उक्त बंगलामा ४९ वटा लक्जरी बेडरुम, सम्पूर्ण मेडिकल सुविधा, मन्दिरका साथ अत्याधुनिक सुविधा रहेको बताइएको छ ।-एजेन्सी