दशरथ रङ्गशालामा हुने किर्गिस्तानसँगको खेल निःशुल्क हेर्न पाइने

काठमाडौं । त्रिभुवन आर्मी क्लब र किर्गिस्तानबीच आज दशरथ रङ्गशालामा मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।

 

एएफसी कप २०२१ प्ले अफको तयारीमा जुटेको नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र किर्गिस्तानको यू–२३ टीमबीच मैत्रीपूर्ण फुटबल खेल हुन लागेको हो ।

 

त्रिभुवन आर्मीका जर्जप्रीन्स कार्कीको कप्तानीमा दिउँसो ३ः३० बजे हुने उक्त खेल रङ्गशाला पुग्ने जोसुकैले निःशुल्क हेर्न सक्ने व्यवस्था मिलाइएको सेनाले जानकारी दिएको छ । त्रिभुवन आर्मी क्लब नेपालको च्याम्पियनशीप विभागीय टीम हो ।

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया जान पाउने Read Previous

कम्पनी परिवर्तन गरेका नेपाली कामदारले पुनः कोरिया जान पाउने

कोरोनाका बीच सुरक्षीत तरिकाले यसरी मनाऔँ होली Read Next

कोरोनाका बीच सुरक्षीत तरिकाले यसरी मनाऔँ होली