इन्फ्रास्ट्रक्चर बैंकको आइपीओमा ७५ हजार आवेदन रद्द, कहिले हुँदैछ बाँडफाँट ?

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक प्राथमिक साधरण सेयर (आइपीओ) शुक्रबार बाँडफाँट हुने भएको छ ।

 

विक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार आज प्रि अलोटमेन्ट सकिएसँगै शुक्रबार आइपीओ बाँडफाँट गर्न लागिएको हो ।

 

कम्पनीको आइपीओमा आवेदन दिएका ७५ हजार बढी आवेदन रद्द भएको क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा परेको कुल १५ लाख ५० हजार ९० जनाले आवेदनमध्ये १४ लाख ७५ हजार ८० आवेदन मात्रै प्रक्रिया पूरा भएका छन् ।

 

बाँकी ७५ हजार १० आवेदन प्रक्रिया पूरा नभएकाले रद्द भएको क्यापिटलले जनाएको छ । बैंक खातामा रकम नभएका, दोहोरो आवेदन परेका लगायत कारण ती आवेदन रद्द भएका हुन् ।

 

कम्पनीको आइपीओमा ५० कित्तासम्मका लागि आवेदन दिने सबैले मागेजति सेयर पाउनेछन् भने सोभन्दा बढी कित्ता माग गर्नेले गोलाप्रथाबाट अधिकतम ६० कित्ता सेयर पाउने भएका छन् ।

 

कम्पनीले माघ २ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ दरले ८ अर्ब रुपैयाँ बराबरको ८ करोड कित्ता आइपीओ निष्काशन गरेको थियो ।

 

निष्काशित कुल ८ करोड कित्तामध्ये बैंकले कर्मचारीका लागि १ लाख ६० हजार कित्ता (०.२० प्रतिशत) र सामूहिक लगानी कोषका लागि ४० लाख कित्ता (५ प्रतिशत) छुट्याइएको छ । बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

४ चिनी उद्योगले तिरे उखु किसानको ५४ करोड बक्यौता, अझै ११ करोड भुक्तानी हुन बाँकी Read Previous

४ चिनी उद्योगले तिरे उखु किसानको ५४ करोड बक्यौता, अझै ११ करोड भुक्तानी हुन बाँकी

१८१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तको आइपीओ आउँदै Read Next

१८१ रुपैयाँ प्रतिसेयर आम्दानी रहेको लघुवित्तको आइपीओ आउँदै