फोरजी प्रयोगकर्ता ५५ लाख पुगे, एनसेलका मात्रै ३७ लाखभन्दा धेरै

काठमाडौं । नेपालमा फोरजी सेवा प्रयोग गर्नेको संख्या संख्या ५५ लाख भन्दा धेरै पुगेका छन् ।

 

नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार नेपालभर अहिलेसम्म ५५ लाख १६ हजार ५५४ जना सिम प्रयोगकर्ताले फोरजी सेवा प्रयोग गर्दै आएका छन् ।

 

टेलिकम बजारको आधाभन्दा धेरै हिस्सा ओगटेको नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता भने निकै कम छ । नेपालको टेलिकम बजारमा ५५.५३ प्रतिशत हिस्सा रहेको नेपाल टेलिकमको फोरजी विस्तार र फोरजी प्रयोगकर्ता भने २९.०८ प्रतिशत मात्रै छन् ।

 

नेपाल टेलिकमको फोजरी सेवा गर्ने मानिसको संख्या भने अहिलेसम्म १६ लाख ४ हजार ४५६ रहेको छ । अघिल्लो वर्षको तुलनामा भने नेपाल टेलिकमको फोरजी प्रयोगकर्ता निकै बढेको छ । टेलिकमले पछिल्लो एक वर्षमा मात्रै ७ लाख ६९ हजार ४६१ जना फोरजी प्रयोगकर्ता बढेका छन् ।

 

एनसेलको फोरजी प्रयोगकर्ता ३७ लाखभन्दा धेरै

 

प्राधिकरणको तथ्यांक अनुसार ५५ लाख १६ हजार ५५४ जना फोरजी प्रयोगकर्ता मध्ये एनसेलको मात्रै ३७ लाख २९ हजार ४५३ जना रहेका छन् ।

 

त्यस्तै, स्मार्टसेलको भने १ लाख ८२ हजार ५५५ ग्राहकले फोरजी सेवा प्रयोग गरिरहेका छन् ।

अमेरिकी नागरिकले डिसेम्बर ११ देखि कोरोनाको खोप पाउने Read Previous

अमेरिकी नागरिकले डिसेम्बर ११ देखि कोरोनाको खोप पाउने

चक्रपथ दोस्रो खण्ड विस्तारका लागि 'साइट क्लिरेन्स’ ९७ प्रतिशत सम्पन्न, अझै १९ घर हटाउन समस्या Read Next

चक्रपथ दोस्रो खण्ड विस्तारका लागि 'साइट क्लिरेन्स’ ९७ प्रतिशत सम्पन्न, अझै १९ घर हटाउन समस्या