भ्याटको विरोधमा उत्रिए ट्यांकर व्यवसायी

काठमाडौं । सरकारले बजेटमार्फत घोषणा गरेको ढुवानी व्यवसायी पनि मूल्य अभिवृद्धि कर (भ्याट)मा दर्ता हुनुपर्ने नियम कार्यान्वयनमा ल्याएपछि पेट्रोलियम ट्यांकर ढुवानी व्यवसायी  आन्दोलनमा उत्रिएका छन् । उनीहरुले भ्याटमा दर्ता हुन आनकानी गर्दै बुधबारबाट तेल ढुवानी गरेका छैनन् ।

 

केही दिनअघि महासंघले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समझदारी गरी सबै ट्यांकर व्यवसायीलाई नियमित रूपमा इन्धन ढुवानी गर्न अपिल गरे पनि उनीहरुले सरकारी नियमको विरोध गर्दै रक्सौल डिपोबाट तेल उठाएका छैनन् । महासंघको अगुवाइमा करिब १ सय ५० ट्यांकर भारतीय आयल कर्पोरेसन (आइओसी) को मा तेल लोड गर्न नगएका हुन् ।

 

रक्सौल डिपोबाट काठमाडौं, पोखरा र अमलेखगन्जमा तेल आपूर्ति हुँदै आएको छ । यहाँबाट दैनिक चार यस ट्यांकरले पेट्रोलियम पदार्थ ढुवानी गर्दै आएरहेका छन् ।

 

महासंघले १ वर्षसम्म भ्याटमा जान नसकिने भन्दै सरकारसँग समय माग गरेको थियो । सरकारले भ्याटमा जान समय नदिए साउन १ गतेबाट तेल ढुवानी बन्द गरी हडताल गर्ने निर्णय गरेको थियो ।

 

रङ्गशालाको डिपिआर तयार Read Previous

रङ्गशालाको डिपिआर तयार

ललितपुरमा चिस्यान केन्द्र बन्दै Read Next

ललितपुरमा चिस्यान केन्द्र बन्दै