नेप्सेमा थप ६१ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको बोनस सेयर सूचीकृत भएको छ ।

नेप्सेमा मंगलबार बैंकले गत आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गरेको ६.५ प्रतिशत बोनस सेयर सूचीकृत भएको हो ।

नेप्सेमा बैंकको ६१ लाख २९ हजार १४५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा भएपछि मात्र दोस्रो बजारमा खरिदबिक्री गर्न सक्नेछन् ।

उद्योग परिसंघले महिला नेतृत्व सम्मेलन गर्ने Read Previous

उद्योग परिसंघले महिला नेतृत्व सम्मेलन गर्ने

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै Read Next

फागुन २८ गते अटोमोटिभ कनक्लेभ २०८१ आयोजना हुँदै