बीमा नियमावली स्वीकृत, यस्ता छन् मन्त्रिपरिषद्का १३ निर्णय

काठमाडौं । सरकारले ‘बीमा नियमावली, २०८१’ स्वीकृत गरेको छ । माघ २८ गते बसेको मन्त्रीपरिषद्को बैठकले बीमा नियमावली स्वीकृत गरेको हो ।

त्यस्तै, बैठकले एशियाली विकास बैंकको एशिया प्यासिफिक डिजास्टर फण्डबाट २० लाख अमेरिकी डलर (करिब पौने २८ अर्ब रुपैयाँ) अनुदान स्वीकार निर्णय गरेको छ ।

त्यसैगरी, ६७० मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत् आयोजना निर्माणका लागि आयोजनाको वित्तीय व्यवस्थापन सम्बन्धी पूर्व तयारी अगाडि बढाउन सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्ले नेपाल र युक्रेन बीचको कुटनीतिक, अफिसियल र सर्भिस राहादानीबाहकलाई भिसा शुल्क छुट दिने सम्बन्धी सम्झौता स्वीकृत, नेपाल र ओमान बीच डिप्लोम्याटिक एकेडेमी सम्बन्धी साझदारीपत्र स्वीकृत गर्ने लगायत निर्णय गरेको छ ।

यस्ता छन् मन्त्रीपरिषद्का १३ निर्णयहरू

 

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय बीमा Read Previous

जोखिमलाई व्यवस्थापन गर्ने स्मार्ट उपाय बीमा

हिमालयन रि इन्स्योरेन्सको खुद नाफा साढे ६१ करोड, अधिकांश सूचकमा सुधार Read Next

हिमालयन रि इन्स्योरेन्सको खुद नाफा साढे ६१ करोड, अधिकांश सूचकमा सुधार