बीपी राजमार्गको धुलिखेल-भकुण्डेबेँसी खण्डमा राति गाडी चलाउन रोक

काठमाडौं । बीपी राजमार्ग अन्तर्गत धुलिखेल-भकुण्डेबेँसी (वर्षेखोला)खण्डमा रातिको समयमा सवारी साधन संचालनमा रोक लगाइएको छ ।

नयाँ ट्रयाक खोलेर गत सातदेखि संचालनमा ल्याइएको उक्त खण्डमा जुनसुकै समयमा पनि सुख्खा पहिरो झर्ने सम्भावना रहेकोले सवारी संचालनमा रोक लगाइएको हो ।

सडक डिभिजन भक्तपुरका अनुसार धुलिखेल-भकुण्डेबेँसी खण्डमा बेलुका ६ बजेदेखि बिहानको ४ बजेसम्म सवारी साधन चलाउन रोक लगाइएको छ ।

गत असोज १० देखि १२ गतेसम्म आएको बढीपहिरोले उक्त खण्डको अधिकांश सडक बगाएको थियो । करिब ८ किलोमिटर सडक नयाँ ट्रयाक खोली असोज २५ गतेदेखि यात्रुवाहक सवारी साधन सुचारु गरिएको थियो ।

अहिले पनि नयाँ ट्रयाकको मर्मत तथा सुधार कार्य भइरहेको छ । संघीय राजधानी काठमाडौंलाई पूर्वी नेपालसँग जोड्ने बीपी राजमार्ग छोटो दूरीको प्रमुख राजमार्ग हो ।

प्रधानमन्त्री र जापानी राजदूतको शिष्टाचार भेट, बीपी राजमार्ग पुनःनिर्माण बारे छलफल Read Previous

प्रधानमन्त्री र जापानी राजदूतको शिष्टाचार भेट, बीपी राजमार्ग पुनःनिर्माण बारे छलफल

नेपाल लाइफद्वारा बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान Read Next

नेपाल लाइफद्वारा बाढीपहिरो पीडितलाई राहत सामग्री प्रदान