कक्षा १२ को नतिजा सार्वजनिक, ४७ प्रतिशत विद्यार्थी फेल

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। बोर्डले शुक्रबार सार्वजनिक गरेको नतिजा अनुसार परीक्षामा ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

परीक्षामा सहभागी भएका नियमिततर्फ ३ लाख ९० हजार ८६८ जनामध्ये १ लाख ८७ हजार २१ जना (४७.०९ प्रतिशत) विद्यार्थी ननग्रेडिङ (एनजी) ल्याएका छन्।

कक्षा १२ को पनि लेटर ग्रेडिङ निर्देशिका २०७८ अनुसार नतिजा प्रकाशन भएको हो। जसमा प्रत्येक विषयमा सैद्धान्तिकतर्फ ३५ प्रतिशत अंक नल्याउने विद्यार्थी फेल भएका छन्।

परीक्षामा ९ हजार ५९१ जना विद्यार्थीले भने ४ जीपीए ल्याएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए।

हिमालयन लघुवित्तको नाफा घट्यो, वितरणयोग्य नाफा ऋणात्मक Read Previous

हिमालयन लघुवित्तको नाफा घट्यो, वितरणयोग्य नाफा ऋणात्मक

नेप्सेले रेकर्ड नतोड्दै दुई सेक्टरको परिसूचकले बनायो 'अल टाइम हाइ'को रेकर्ड Read Next

नेप्सेले रेकर्ड नतोड्दै दुई सेक्टरको परिसूचकले बनायो 'अल टाइम हाइ'को रेकर्ड