सिन्धुपाल्चोकमा निर्माणाधीन हाइड्रोको ढलान भत्कियो, दुई बेपत्ता

काठमाडौं । सिन्धुपाल्चोकमा निर्माणधीन हाइड्रोपावरको सुरुङको ढलान भत्किएको छ ।

भोटेकोशी गाउँपालिका–४ मा निर्माणाधीन भोटेकोशी खोला हाइड्रोपावरको शुक्रबार दिउँसो ढलान खस्दा दुई कामदार पुरिएका छन् । ७ जना घाइते भएका छन् ।

पुरिएका कामदारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

इलेक्ट्रिक हाइड्रोपावरले निर्माण गरिरहेको ४० मेगावाटको उक्त हाइड्रोपावरको ड्यामतर्फ पानी जाने पट्टीको ढलान एक्कासी खसेको बताइएको छ ।

घाइतेको अहिले बाह्रबिसेस्थित प्राथमिक अस्पतालमा उपचार भइरहेको छ । गम्भीर अवस्थाकालाई काठमाडौं रिफर गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

काभ्रेको दुर्गम क्षेत्रमा उत्पादित कफी जापान निर्यात Read Previous

काभ्रेको दुर्गम क्षेत्रमा उत्पादित कफी जापान निर्यात

निर्माण व्यवसायीले पाएनन् ६० अर्ब भुक्तानी, भन्छन्-'आत्महत्या गनुपर्ने अवस्था आयो' Read Next

निर्माण व्यवसायीले पाएनन् ६० अर्ब भुक्तानी, भन्छन्-'आत्महत्या गनुपर्ने अवस्था आयो'