भारतले १७ वर्षपछि जित्यो टी-२० विश्वकपको उपाधि

काठमाडौं । दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारत आइसिसी टी–२० क्रिकेट विश्वकप २०२४ को च्याम्पियन बनेको छ । भारतले १७ वर्षपछि विश्वपकको ट्रफी उचालेको हो । यसअघि भारतले सन् २००७ मा पहिलेपटक टि–२० विश्वकपको उपाधि जितेको थियो ।

वेष्टइन्डिजको बार्बाडोसस्थित कोन्सिङ्टन ओभलमा भारतले दक्षिण अफ्रिकालाई १७७ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा दक्षिण अफ्रिका निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदा मात्र १६९ रनमा समेटियो ।

दक्षिण अफ्रिकाका लागि हेनरिक क्लासेनले सर्वाधिक ५२ रनको योगदान दिए । उनले २७ बलमा २ चौका र ५ छक्काको सहयोगमा ५२ रन बनाएका हुन् । त्यस्तै क्विन्टर डि ककले ३९ र क्रिस्टन स्टब्सले ३१ रन बनाए ।

भारतका हार्दिक पांड्याले सर्वाधिक तीन विकेट लिए भने अरसदीप सिहं र जसप्रित बुमराहले समान दुई–दुई विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १७६ रनको योगफल बनाएको थियो । भारतका लागि विराट कोहीले कोहलीले ५९ बलमा ६ चौका र २ छक्काको मद्दतले सर्वाधिक ७६ रन बनाए । यसैगरी अक्षर पटेलले ४७ र शिवम दुबेले २७ रन जोडे ।

दक्षिण अफ्रिकाका लागि केशव महाराज र एनरिच नोर्ट्जेले समान दुई–दुई विकेट लिए भने मार्को यानसन र कागिसो रबाडाले समान एक–एक विकेट लिए ।

देशभर ५०% रोपाइँ गर्न मनसुनी वर्षाकै भर, आधा असार बित्दा भयो १०% मात्रै Read Previous

देशभर ५०% रोपाइँ गर्न मनसुनी वर्षाकै भर, आधा असार बित्दा भयो १०% मात्रै

बिजुली बजारमा संचलनमा आयो फल्चा शैलीको बस बिसौनी, अब बानेश्वरमा दुईटा बनाइने Read Next

बिजुली बजारमा संचलनमा आयो फल्चा शैलीको बस बिसौनी, अब बानेश्वरमा दुईटा बनाइने