भत्ता लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं । सरकारले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने सरकारको निर्णय विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

आइतबार अधिवक्ता विमल पोखरेलले सरकारको निर्णय विरुद्ध सर्वोच्चमा रिट दायर गरेका हुन् । मन्त्रिपरिषद्को जेठ २४ गतेको बैठकले आगामी आवदेखि सामाजिक सुरक्षा भत्ता लिन २८ जिल्लामा राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

सरकारको उक्त निर्णयका कारण ठूलो संख्यामा समाजिक सुरक्षा भत्ता नवीकरण हुन नसक्ने भन्दै उनले रिट दायर गरेका हुन् । उनले वर्षायाम पहाडी र दुर्गम क्षेत्रमा यातायातको साधन नचल्ने भएकाले वृद्धवृद्धाहरु जिल्ला सदरमुकाम र इलाका प्रशासन कार्यालय आउने कुरा असम्भव भएकोले तत्काल राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने कार्यमा रोक लगाउन माग गरेका छन् ।

उनको रिटको पेशी असार ४ गते तोकिएको छ ।

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, जेठमा २६ महिना यताकै धेरै किनबेच Read Previous

घरजग्गा कारोबारमा उल्लेख्य सुधार, जेठमा २६ महिना यताकै धेरै किनबेच

असार भित्र कोपोमिसमा आबद्ध नहुने सहकारीको दर्ता खारेज हुने Read Next

असार भित्र कोपोमिसमा आबद्ध नहुने सहकारीको दर्ता खारेज हुने