राष्ट्रियसभा उपाध्यक्षका लागि एमाले र काँग्रेस तर्फबाट उम्मेदवारी दर्ता

काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेसकातर्फबाट छुट्टाछट्टै उम्मेदवारी दर्ता भएको छ ।

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा एमालेका तर्फबाट बिमला घिमिरेले उम्मेदवारी दर्ता गराएकी छिन् । घिमिरेको प्रस्तावकमा सांसद भगवती न्यौपाने र समर्थकमा सांसद गोपीबहादुर सार्की अछामी रहेका छन् ।

यस्तै, नेपाली कांग्रेसको तर्फबाट विष्णुदेवी पुडासैनीले उम्मेदवारी दर्ता गराएकी छिन् । पुडासैनीको प्रस्तावकमा सांसद दुर्गा गुरुङ र समर्थकमा सांसद नारायणदत्त भट्ट रहेका छन् ।

उपाध्यक्षको निर्वाचन बुधबार हुँदैछ । तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा दिएपछि निर्वाचन हुन लागेको हो ।

उम्मेदवारी दर्ता गराएपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमालेका तर्फबाट उपाध्यक्षका उम्मेदवार घिमिरेले आफूलाई मतदान गरी निर्वाचित गराउन आग्रह गरिन्। आफूलाई आफ्नो दलले यो जिम्मेवारी दिएकाले धन्यवाद दिइन् ।

उनले राष्ट्रियसभालाई अध्यक्षसँग सल्लाह गरेर सभालाई थप मर्यादित बनाउने र विधेयकलाई छिटोछरितो पास गराउन सम्पूर्ण रुपमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरिन् ।

यस्तै, काँगेसका तर्फबाट उम्मेदवारी दर्ता गराएकी पुडासैनीले राष्ट्रियसभालाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने बताइन्। आफूले स्थानीय रुपमा पनि काम गरेको जानकारी दिँदै उनले उम्मेदवार बनाउने निर्णय गर्ने पार्टीलाई समेत धन्यवाद दिइन् ।

बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेकालाई कार्ययोजना प्रस्तुत गर्न लगाइँदै Read Previous

बोर्ड अध्यक्षका लागि सर्टलिस्टमा परेकालाई कार्ययोजना प्रस्तुत गर्न लगाइँदै

सिंहदरबार अगाडिको मूल सडक बन्द, सवारी आवगनम अस्तव्यस्त Read Next

सिंहदरबार अगाडिको मूल सडक बन्द, सवारी आवगनम अस्तव्यस्त