सिंहदरबार अगाडिको मूल सडक बन्द, सवारी आवगनम अस्तव्यस्त

काठमाडौं । प्रहरीले काठमाडौंको सिंहदरबार अगाडिको मूल सडक बन्द गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले गरिरहेको प्रदर्शनलाई मध्येनजर गर्दै प्रहरीले मंगलबार दिउँसो उक्त सडक बन्द गराएको हो ।

प्रदर्शन अवधिभरका लागि सडक बन्द गराइएको प्रहरीले जनाएको छ । सो सडक बन्द भएपछि सवारी आवगमन अस्तव्यस्त भएको छ । जसकारण सुन्धरा, त्रिपुरेश्वर, माइतीघर, बबरमहल लगायत क्षेत्रमा ट्राफिक जाम बढेको छ ।

अहिले भद्रकालीबाट सिंहदरबार र माइतीघरबाट सिंहदरबार हुँदै भद्रकाली जाने सवारी डाइभर्ट गरिएको छ ।

राष्ट्रियसभा उपाध्यक्षका लागि एमाले र काँग्रेस तर्फबाट उम्मेदवारी दर्ता Read Previous

राष्ट्रियसभा उपाध्यक्षका लागि एमाले र काँग्रेस तर्फबाट उम्मेदवारी दर्ता

बजेट अभावले तीन देश जोड्ने महाकाली करिडोरको काम प्रभावित Read Next

बजेट अभावले तीन देश जोड्ने महाकाली करिडोरको काम प्रभावित