सर्वोच्चले सरकारसँग माग्यो टिकटक प्रतिबन्ध लगाउनुको कारण

काठमाडौं । सर्वोच्च अदालतले सरकारसँग टिकटक प्रतिबन्ध लगाउनुको कारण माग गरेको छ ।

टिकटक प्रतिबन्धको विरुद्धमा परेको रिटमा मंगलबार सुनुवाई गर्दै न्यायाधीश विनोद शर्माको एकल इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको हो ।

रिट निवेदकहरुले सरकारको टिकटक प्रतिबन्ध निर्णय कार्यान्वयनमा रोक लगाउन माग गरे पनि सर्वोच्चले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको छ ।

गत कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकले नेपालमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । सरकारको सो निर्णयले व्यक्तिको अभिव्यक्ति स्वतन्त्रता हनन गरेको भन्दै सर्वोच्चवमा १ दर्जन बढी रिट दायर भएका थिए ।

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ९६% सकियो, कहिले हुन्छ 'ब्रेक थ्रु' ? Read Previous

नागढुंगा-नौबिसे सुरुङ खन्ने काम ९६% सकियो, कहिले हुन्छ 'ब्रेक थ्रु' ?

पहिलो पटक बुक बिल्डिङबाट आइपीओ खुल्यो, सर्वोत्तम सिमेन्टको सेयरमा आवेदन दिन सकिने Read Next

पहिलो पटक बुक बिल्डिङबाट आइपीओ खुल्यो, सर्वोत्तम सिमेन्टको सेयरमा आवेदन दिन सकिने