आजदेखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन पाइने

काठमाडौं । आजदेखि फेरि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन पाइने भएको छ ।

राहदानी विभागले आइतबार एक सूचना जारी गर्दै सोमबार (असोज १)देखि ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने जानकारी गराएको हो ।

विभागले यसअघि ३४ पृष्ठको राहादानी अभावमा सबैलाई ६६ पृष्ठको राहादानी उपलब्ध गराउँदै आएको थियो । अब भने सर्वसाधरणले आफ्नो आवश्यकता अनुसार ३४ र ६६ पृष्ठको राहादानीका लागि आवेदन दिन पाउने छन् ।

विभागले गत असार ३ गतेदेखि ५ हजार रुपैयाँमै ६६ पृष्ठको राहादानी उपलब्ध गराउँदै आएको थियो । त्यसअघि विभागले ३४ पृष्ठको ५ हजार र ६६ पृष्ठको १० हजार शुल्क लिने गरेको थियो ।

कात्तिक १५ देखि काठमाडौं-दिल्ली-हङकङ उडान गर्दै भिस्तारा एयरलाइन्स Read Previous

कात्तिक १५ देखि काठमाडौं-दिल्ली-हङकङ उडान गर्दै भिस्तारा एयरलाइन्स

अब फूडमाण्डुमा ५०० रुपैयाँभन्दा कमको पनि अर्डर गर्न सकिने, डेलिभरी शुल्क घट्यो Read Next

अब फूडमाण्डुमा ५०० रुपैयाँभन्दा कमको पनि अर्डर गर्न सकिने, डेलिभरी शुल्क घट्यो