नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी सुनिल शर्मा पक्राउ परेका छन् ।

मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

प्रहरीले शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने खुलाएको छैन । शर्माले पछिल्लो समय गृहमन्त्री र अर्थमन्त्री विरुद्ध आक्रमक अभिव्यक्ति दिँदै आएका थिए ।

शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।

थप १३ चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण, हरित हाइड्रोजनको अध्ययन गर्ने Read Previous

थप १३ चार्जिङ स्टेशन बनाउँदै प्राधिकरण, हरित हाइड्रोजनको अध्ययन गर्ने

जग्गाको टुंगो नलाग्दा कोटेश्वर अन्डरपास अन्योलमा, मुआब्जा बाहेक १३ अर्ब लाग्ने Read Next

जग्गाको टुंगो नलाग्दा कोटेश्वर अन्डरपास अन्योलमा, मुआब्जा बाहेक १३ अर्ब लाग्ने