१५ दिनभित्र माग पूरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी

काठमाडौं । अबको १५ दिन आफ्ना मागहरू पूरा नगरे सिसडोल ल्याण्डफिल साइटमा फोहोर फाल्न नदिने स्थानीय बासिन्दाले चेतावनी दिएका छन् ।

विगतमा सम्झौता भए पनि हालसम्म माग पूरा नगरेको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेँशी नगरपालिकाले फेरि सिसडोलमा फोहोर फाल्न नदिने भएका हुन् ।

दुई पालिकाले संयुक्त विज्ञप्ति जारी गर्दै १५ दिनभित्र यसअघि गरिएका सम्झौता कार्यान्वयन नगरे फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।

उनीहरुले ६ बुँदे माग राख्दै ती मागहरु १५ दिन भित्रमा पूरा नभए संघर्ष गर्न बाध्य हुने र सो अवस्था सिर्जना नगर्न सरोकारवालालाई अनुरोध गरेको छ ।

दुई पालिकाका अति प्रभावित, प्रभावित र बेलकोटगढी नगरपालिकालाई वर्गीकरण गरी बञ्चरेडाँडाबाट २ किमी क्षेत्रको जग्गा अधिग्रहण गर्नुपर्ने प्रभावितलाई मुआब्जाको प्रक्रिया तुरुन्त अघि बढाउनु पर्ने उनीहरुको माग छ ।

२०७९ जेठ २३ गते, नेपाल सरकार, शहरी विकास मन्त्रालय, काठमाडौं महानगरपालिका, धुनिबेँशी नगरपालिका र ककनी गाउँपालिकाका सरोकारवालाहरु बीच र जेठ २६ गते काठमाडौं महानगरपालिका, धुनिवेँशी नगरपालिका र ककनी गाउँपालिकाको प्रभावित क्षेत्रका वडाध्यक्षहरु बीच भएको सम्झौताका अनुरूप बुदाँहरु कार्यान्वयन नभएकाले ती बुदाँहरुलाई तत्कालै कार्यान्वयनमा ल्याउनु पर्ने उनीहरुको माग छ ।

फोहोर मैला व्यवस्थापनको लागि वैज्ञानिक तथा आधुनिक प्रविधिवाट विज्ञ टोली गठन गरी न्यून प्रभाव पर्ने गरि फोहोरमैला व्यवस्थापन गर्ने र बञ्चरेडाँडाबाट निस्किएको फोहोरको लिच्चडलाई कोल्पुखोलामा मिश्रण नगरी अन्यत्र कुनै स्थानमा व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।

ककनी गाउँपालिका, धुनिँवेशी नगरपालिका वडाहरुमा वार्षिक १० करोड बराबरको शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा लगानी गर्नको लागि नेपाल सरकार, काठमाडौं महानगरपालिका र सरोकारवाला निकायमा बजेट विनियोजन गर्नुपर्ने पनि उनीहरुको माग छ ।

करिब ५ किलो सुनाका गरगहनासहित दुई पक्राउ Read Previous

करिब ५ किलो सुनाका गरगहनासहित दुई पक्राउ

निगमले १ वर्षमा तिर्‍यो झन्डै ३ अर्ब ऋण Read Next

निगमले १ वर्षमा तिर्‍यो झन्डै ३ अर्ब ऋण