करिब ५ किलो सुनाका गरगहनासहित दुई पक्राउ

नेपालगञ्ज । नेपालगञ्जबाट प्रहरीले करिब पाँच किलो अवैध सुनका गरगहनासहित दुई जनालाई पक्राउ गरेको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले नेपालगञ्जको न्यूरोडस्थित एक होटलबाट ४.९२७ किलोग्राम सुनका विभिन्न गहनासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका व्यक्तिका साथबाट सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठीलगायतका सुनका गहना प्रहरीले गएराति बरामद गरेको हो ।

यस विषयमा विस्तृत जानकारी दिन आज अपराह्न बाँके प्रहरीले पत्रकार सम्मेलनको आयोजना गरेका छ । गरगहना झोलामा राखेर हिँडिरहेको सुराकीका आधारमा ती दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

धमाधम कारबाहीमा पर्दै ठेकेदार, एकैपटक १५ कम्पनी कालोसूचीमा (नामसहित) Read Previous

धमाधम कारबाहीमा पर्दै ठेकेदार, एकैपटक १५ कम्पनी कालोसूचीमा (नामसहित)

१५ दिनभित्र माग पूरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी Read Next

१५ दिनभित्र माग पूरा नगरे सिसडोलमा फोहोर फाल्न नदिने स्थानीयको चेतावनी