प्रधानमन्त्री र गृहमन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटनाबारे जानकारी लिएका छन् ।

उनले केही बेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको उद्धार समन्वय केन्द्रसँग घटनाबारे विस्तृत विवरण लिएका हुन् ।

निरीक्षणका क्रममा प्रधानमन्त्रीले दुर्घटना हुनुको प्राविधिक र अन्य कारणबारे जानकारी लिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । विमानस्थलका कर्मचारीहरूले प्रधानमन्त्रीलाई घटनाबारे जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले सरकारका सबै निकायलाई प्रभावकारीरूपमा उद्धारमा लाग्नु निर्देशन दिएका छन् । प्रधानमन्त्रीले आजै अपराह्न १:३० बजे मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

निरीक्षणमा प्रधानमन्त्रीका साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलगायत सरकारी अधिकारीहरू थिए ।

यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना Read Previous

यति एयरलाइन्सको जहाज पोखरामा दुर्घटना

दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुको परिचय खुल्यो (नामावली सहित) Read Next

दुर्घटनाग्रस्त जहाजमा सवार यात्रुको परिचय खुल्यो (नामावली सहित)