काठमाडौं । मंसिर ४ गते भएको संघीय प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मतगणना भइरहेको छ ।
प्रतिनिधि सभाअन्तर्गत १६५ निर्वाचन क्षेत्रमध्ये हालसम्म ११५ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ भने अन्य क्षेत्रमा पनि मतगणना जारी छ ।
शुक्रबार बिहान ७ बजेसम्म सार्वजनिक नतिजा अनुसार नेपाली कांग्रेस ४०, नेकपा एमाले २८, नेकपा माओवादी १२, एकीकृत समाजवादी १०, राष्ट्रिय स्वतन्त्र पार्टीले ७ सिट जितेका छन् ।
त्यस्तै, राष्ट्रिय प्रजातन्त पार्टी ४, नागरिक उन्मुक्ति पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीले समान २/२, राष्ट्रिय जनमोर्चा, जनमत पार्टी, नेमकिपाले १/१ र स्वतन्त्र ५ सिटमा विजयी भएका छन् ।