काठमाडौं । चितवन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् ।
प्रारम्भिक मत गणनामा तेस्रो स्थानमा रहेका लामिछानेले कालिका १ को मतगणना सुरु भएसँगै अग्रता लिएका हुन् ।
लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।