काठमाडौं । काठमाडौं–४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापा विजयी भएका छन् ।उनले नेकपा एमालेका राजन भट्टराईलाई फराकिलो अन्तरले हराउँदै निर्वाचित भएका हुन् ।
थापाले भट्टराईलाई ७ हजार ४५७ मतान्तरले पराजित गरेका हुन् । थापाले २१ हजार ३०३ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी भट्टराईले १३ हजार ८४६ मत पाए ।
काठमाडौं ४ मा गगनको यो ह्याट्रिक जित हो । यसअघि २०७४ मा उनले भट्टराईलाई नै हराएका थिए भने २०७० मा एमालेका निर्मल कुँइकेललाई पराजित गरेका थिए ।
थापा २०६४ मा पहिलोपटक समानुपातिक सांसद भएका थिए ।