काठमाडौं । विगत १० वर्षदेखि नेपाली राष्ट्रिय क्रिकेट टोलीका नेतृत्व सम्हाल्दै आएका पारस खड्काले कप्तानको जिम्मेवारीबाट राजीनामा दिने घोषणा गरेका छन् ।
सामाजिक संजाल फेसबुक मार्फत कप्तान खड्काले आफूले नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिने घोषणा गरेका हुन् ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेपाल क्रिकेट संघको निलम्बन फुकुवा गरेको भोलिपल्टै खड्काले राजीनामा दिने घोषणा गरेका छन् । उनले आइसीसीले गरेको निलम्बन फुकुवाको स्वागत गरेका छन् ।
नेपाली क्रिकेटको नयाँ सुरुवातका लागि आफूले कप्तान पद छाड्ने निर्णय लिएको उनले बताएका छन् । कप्तान पद छाडेपनि अझै केही समय राष्ट्रिय टिमबाटै क्रिकेट खेल्ने उनले बताएका छन् ।