काठमाडौंमा बन्दको प्रभाव नगन्य, सामान्य रूपमा गाडी चल्दै

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित साना दलले आह्वान गरेको नेपाल बन्दको प्रभाव काठमाडौं उपत्यकामा नगन्य रुपमा परेको छ ।

एकाबिहानै न्यून मात्रमा गाडीहरु चले पनि अहिले क्रमशः सवारीको चाप बढ्दै गएको छ । बन्दकर्ताले बिहानै केही सार्वजनिक बसको झ्यालको सिसा फुटाएका छन् भने विभिन्न स्थानबाट प्रहरीले १६ जना बन्दकर्ता पक्राउ गरेको छ ।

सडक र सवारीसाधनमा कुनै अवरोध नहोस् भन्नका लागि बिहानैदेखि उपत्यकाका चोकचोकमा प्रहरी खटिएका छन् ।

यसअघि सरकारसँग भएको आफ्ना कार्यकर्तामाथिको मुद्दा फिर्ता लगायत सहमति पालना गर्न, एमसीसी सम्झौता खारेज, महँगी घटाउन माग गर्दै साना ददले नेपाल बन्द आह्वान गरेका थिए ।

श्रृजनशील लघुवित्तले भदौ १५ देखि आइपीओ निष्काशन गर्ने Read Previous

श्रृजनशील लघुवित्तले भदौ १५ देखि आइपीओ निष्काशन गर्ने

२५ स्थानमा चार्जिङ स्टेशन बनाउन प्राधिकरण र प्रहरी बीच सम्झौता Read Next

२५ स्थानमा चार्जिङ स्टेशन बनाउन प्राधिकरण र प्रहरी बीच सम्झौता