मुटु दिवसको अवसरमा अल्का अस्पतालमा ल्याव परीक्षण निःशुल्क

काठमाडौं । ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालले मुटुको उपचारका लागि गरिने विभिन्न ल्याव परीक्षण निःशुल्क गर्ने भएको छ ।

 

विश्व मुटु दिवसका अवसर पारेर अल्का अस्पतालले यही असोज १२ गते इजिसी, इको, लिपिड प्रोफाइल, क्रेटिनाइन र ब्लड सुगर फास्टिङ परीक्षण सित्तैमा गर्न लागेको हो ।

 

लाइन्स क्लव अफ काठमाडौं अल्का र लियो क्लव अफ काठमाडौं अल्काले यही असोज १२ गते विश्व मुटु दिवस मनाउँदैछन् ।

 

स्वस्थ्य मुटु सुरक्षित भविष्य भन्ने नाराका साथ मनाउन लागिएको सो दिवसको अवसर पारेर सोही दिनका लागि मात्र यी परीक्षणमा पैसा नलाग्ने अल्का अस्पतालका सीईओ दिलिप थापाले बताए ।

 

उनका अनुसार सो दिन अस्पताल परिसरमा गरिने निःशुल्क शिविरमा विरामीहरुलाई १० दिनसम्मका लागि औषधी पनि निःशुल्क वितरण गरिनेछ ।शिविरमा जाँच गरेकाहरुको १४ दिनसम्म फलोअपमा आउँदा पनि पैसा तिर्नु नपर्ने उनले बताए ।

 

अल्का अस्पतालले वरिष्ठ चिकित्सकहरुबाट मुटु रोगको उपचार गर्दै आएको छ । साथै अल्का अस्पतालले मुटु रोग पहिचानका लागि विभिन्न हेल्थ्य प्याकेजसमेत सार्वजनिक गरिसकेको छ ।

सरकारी बन्देजका कारण चाडपर्वको समयमा चिनी अभाव Read Previous

सरकारी बन्देजका कारण चाडपर्वको समयमा चिनी अभाव

अब बैंकहरुले एटीएम बुथमा सुरक्षा गार्ड राख्नुपर्ने Read Next

अब बैंकहरुले एटीएम बुथमा सुरक्षा गार्ड राख्नुपर्ने