काठमाडौं महानगर अपडेट: १ लाख ८३ हजार मत गन्दा कसले कति पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिका मत गणना अन्तिम चरणमा पुगेको छ । मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्।

 

पछिल्लो पटक सार्वजनिक मत परिणाम (बिहीबार बिहान ८ बजेसम्म) १ लाख ८३ हजार ६७९ मत गन्दा साहले ५९ हजार १४९ मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा २१ हजार ६०७ मतले अगाडि छन् ।

 

साहलाई पछ्याइरहेकी सिंहले ३७ हजार ५४२ मत पाएकी छिन् । त्यस्तै, नेकपा एमालेका केशव स्थापितले ३७ हजार २१८ मत पाएका छन् ।

 

महानगरको अब करिब ९ हजार मत मात्र गन्न बाँकी रहेको छ । गन्न बाँकी मतभन्दा बालेको अग्रता दोब्बरले बढी भएकाले उनी विजयी भइसकेको छन् ।

७४७ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?  Read Previous

७४७ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ? 

विश्वभर खाद्य संकटको त्रास : धमाधम निर्यात रोक्दै उत्पादक मुलुक, जोहो गर्न छैन सरकारको तयारी Read Next

विश्वभर खाद्य संकटको त्रास : धमाधम निर्यात रोक्दै उत्पादक मुलुक, जोहो गर्न छैन सरकारको तयारी