७४७ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ? 

 

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । ७५३ पालिका मध्ये बिहीबार बिहान ७:४५ बजेसम्म ७४७ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

 

जसमा नेपाली कांग्रेसले ३२५ पालिका जित्दै सबैभन्दा ठूलो दल बनेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) २०४ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२१, जनता समाजवादी पार्टी ३०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २०, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १६ र अन्य दल तथा स्वतन्त्रले ३१ पालिकामा जित हात पारेका छन् ।

नेप्सेमा थप एक लघुवित्तको बोनस सेयर सूचीकृत Read Previous

नेप्सेमा थप एक लघुवित्तको बोनस सेयर सूचीकृत

काठमाडौं महानगर अपडेट: १ लाख ८३ हजार मत गन्दा कसले कति पाए ? Read Next

काठमाडौं महानगर अपडेट: १ लाख ८३ हजार मत गन्दा कसले कति पाए ?