७२६ पालिकाको नतिजा सार्वजनिक : एमाले २०० नजिक, कुन दलले कति जिते

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । ७५३ पालिका मध्ये सोमबार बिहान ८ बजेसम्म ७२६ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

 

जसमा नेपाली कांग्रेसले ३२० पालिका जित्दै सबैभन्दा ठूलो दल बनेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १९७ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) १२०, जनता समाजवादी पार्टी २९, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १४ र अन्य दल तथा स्वतन्त्रले २९ पालिकामा जित हात पारेका छन् ।

 

अन्य पालिकाहरुको पनि धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस ६, एमाले ९, माओवादी, एकीकृत समाजवादी र जनता समाजवादी समान २/२ पालिकामा अग्रता लिएका छन् ।

काठमाडौं महानगर अपडेट : १ लाख २८ हजार मत गन्दा कसले कति पाए ? Read Previous

काठमाडौं महानगर अपडेट : १ लाख २८ हजार मत गन्दा कसले कति पाए ?

ठूला कपडा उद्योग खुल्ने क्रम बढ्दै, १.२९ अर्ब लगानीमा ४ नयाँ उद्योग खुल्दै Read Next

ठूला कपडा उद्योग खुल्ने क्रम बढ्दै, १.२९ अर्ब लगानीमा ४ नयाँ उद्योग खुल्दै