काठमाडौं महानगर अपडेट : १ लाख २८ हजार मत गन्दा कसले कति पाए ?

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्।

 

पछिल्लो पटक सार्वजनिक मत परिणाम (सोमबार बिहान ८ बजेसम्म) १ लाख २८ हजार ४८५ मत गन्दा साहले ४३ हजार ८५० मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहभन्दा १७ हजार ९०६ मतले अगाडि छन् ।

 

साहलाई पछ्याइरहेकी सिंहले २५ हजार ९४४ मत पाएकी छिन् । त्यस्तै, नेकपा एमालेका केशव स्थापितले २५ हजार ५९ मत पाएका छन् ।

निगमले फेरि लिटरमै १० रुपैयाँ बढायो इन्धनको भाउ, प्रतिलिटर कति पुग्यो ? Read Previous

निगमले फेरि लिटरमै १० रुपैयाँ बढायो इन्धनको भाउ, प्रतिलिटर कति पुग्यो ?

७२६ पालिकाको नतिजा सार्वजनिक : एमाले २०० नजिक, कुन दलले कति जिते Read Next

७२६ पालिकाको नतिजा सार्वजनिक : एमाले २०० नजिक, कुन दलले कति जिते