६६२ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । ७५३ पालिका मध्ये शुक्रबार बेलुका सवा ६ बजेसम्म ६६२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

 

जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले २९६ पालिकामा जित हात पारेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १८३ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ११३, जनता समाजवादी पार्टी २०, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १५, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल ९ र अन्य दल तथा स्वतन्त्रले २६ पालिकामा जित हात पारेका छन् ।

 

अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस २६, एमाले १९, माओवादी ११, एकीकृत समाजवादीले ४, जनता समाजवादीले १३ पालिकामा अग्रता लिएको छ ।

काठमाडौं महानगर अपडेट : बालेन १३ हजार बढी मतान्तरले अगाडि, कसले कति मत पाए ? Read Previous

काठमाडौं महानगर अपडेट : बालेन १३ हजार बढी मतान्तरले अगाडि, कसले कति मत पाए ?

७०० पालिकाको नतिजा सार्वजनिक : एमाले पनि २०० नजिक, कुन दलले कति जिते ? Read Next

७०० पालिकाको नतिजा सार्वजनिक : एमाले पनि २०० नजिक, कुन दलले कति जिते ?