७०० पालिकाको नतिजा सार्वजनिक : एमाले पनि २०० नजिक, कुन दलले कति जिते ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । ७५३ पालिका मध्ये आइतबार बिहान ७ः४५ बजेसम्म ७०० पालिकाको नतिजा सार्वजनिक भएको छ ।

 

जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले ३१० पालिकामा जित हात पारेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) १९० पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ११९, जनता समाजवादी पार्टी २६, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) १७, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल १० र अन्य दल तथा स्वतन्त्रले २८ पालिकामा जित हात पारेका छन् ।

 

अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस १७, एमाले १५, माओवादी २, एकीकृत समाजवादीले २, जनता समाजवादीले ६ पालिकामा अग्रता लिएको छ ।

६६२ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ? Read Previous

६६२ पालिकाको नतिजा सार्वजनिक, कुन दलले कति जिते ?

हिमालयन हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ? Read Next

हिमालयन हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?