काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन्।
पछिल्लो पटक सार्वजनिक मत परिणाम (शुक्रबार ४:४५ बजेसम्म) ७८ हजार ३६० मत गन्दा साहले २९ हजार ५८२ मत पाएका छन् । उनी निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा १३ हजार २२३ मतले अगाडि छन् ।
साहलाई पछ्याइरहेका स्थापितले १६ हजार ३५९ मत पाएका छन् । त्यस्तै, गठबन्धनतर्फबाट काठमाडौंको मेयरमा उम्मेदवार दिएकी नेपाली कांग्रेसकी सिर्जना सिंहले १५ हजार ५७ मत पाएकी छिन् ।
महानगरमा ३२ वडा रहेको छन् । सोमध्ये वडा नं. १, २, ३,४, ५, ३०, ३१ र ३२ वडाको मत गणना सम्पन्न भएको छ । वैशाख ३१ गते शनिबार बिहान ९ः३० बजेदेखि मत गणना सुरु गरिएको थियो । ३ लाख २४२ मतदाता रहेको महानगर क्षेत्रमा १ लाख ९० हजार १७० मत खसेको थियो । कामपाको प्रमुखमा ३५ स्वतन्त्रसहित ५५ उम्मेदवार प्रतिस्पर्धामा छन् ।