२५२ पालिकाको नतिजा सार्वजनिक : कांग्रेसले शतक हान्यो, कुन दलले कति जिते ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । ७५३ पालिका मध्ये मंगलबार बिहान ८ बजेसम्म २५२ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

 

जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले ११७ पालिकामा जित हात पारेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ६७ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ५४, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ४, जनता समाजवादी पार्टी २ र अन्य दल तथा स्वतन्त्रले ८ पालिकामा जित हात पारेका छन् ।

 

अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस १९३, एमाले १२५, माओवादी ६० र समाजवादीले १८ पालिकामा अग्रता लिएको छ ।

१६५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेसलाई पछ्याउँदै एमाले, कुन दलले कति जिते ? Read Previous

१६५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेसलाई पछ्याउँदै एमाले, कुन दलले कति जिते ?

अपर तामाकोशी १ अर्ब ६५ करोड नोक्सानीमा, ५ अर्बको बिजुली बेच्दा पनि किन गयो घाटामा ? Read Next

अपर तामाकोशी १ अर्ब ६५ करोड नोक्सानीमा, ५ अर्बको बिजुली बेच्दा पनि किन गयो घाटामा ?