१६५ पालिकाको नतिजा सार्वजनिक : कांग्रेसलाई पछ्याउँदै एमाले, कुन दलले कति जिते ?

काठमाडौं । वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनको नतिजा सार्वजनिक हुने क्रम जारी छ । ७५३ पालिका मध्ये सोमबार साँझ ६ बजेसम्म १६५ पालिकाको नतिजा सार्वजनिक भएको छ ।

 

जसमा सबैभन्दा धेरै नेपाली कांग्रेसले ६८ पालिकामा जित हात पारेको छ । त्यसैगरी, कांग्रेसलाई पछ्याइरहेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) ५५ पालिकामा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

 

त्यस्तै, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ३५, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) २ र अन्य दलले ५ पालिकामा जित हात पारेका छन् ।

 

अन्य पालिकाहरुको धमाधम मत गणना भइरहेको छ । अहिले मतगणना भइरहेका पालिकामध्ये कांग्रेस २४७, एमाले १२९, माओवादी ७९ र समाजवादीले १८ पालिकामा अग्रता लिएको छ ।

बजेट बारे देशभरबाट उत्साहजनक चासो, यस्ता आए सुझावहरू Read Previous

बजेट बारे देशभरबाट उत्साहजनक चासो, यस्ता आए सुझावहरू

२५२ पालिकाको नतिजा सार्वजनिक : कांग्रेसले शतक हान्यो, कुन दलले कति जिते ? Read Next

२५२ पालिकाको नतिजा सार्वजनिक : कांग्रेसले शतक हान्यो, कुन दलले कति जिते ?