सुमो र बस ठोकिँदा ५ जनाको मृत्यु, १८ घाइते

बनेपा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–११ स्थित बिपी राजमार्गमा आज दिउँसो दुई गाडी आपसमा ठोकिँदा पाँचको मृत्यु हुनका साथै १८ घाइते भएको प्रहरीले जनाएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार भारतीय तीर्थयात्री लिएर काठमाडौँबाट भारततर्फ जाँदै गरेको युपी ५८ टी ८१८१ नम्बरको फोर्स गाडी र सिन्धुलीबाट काठमाडौँतर्फ आउँदै गरेको ना १ ज ४२१० नम्बरको टाटासुमो बिपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका – ११ स्थित बढुवेशीमा आपसमा ठोकिँदा टाटासुमोमा सवार पाँचको मृत्यु भएको हो ।

 

सो घटनामा परी मुत्यु हुनेमा सिन्धुली कमलामाई नगरपालिका–७ बस्ने वर्ष ३० का विक्रम श्रेष्ठ, सोही नगरपालिका–४ बस्ने वर्ष ४५ का हरिबहादुर बल, सुनकोशी गाउँपालिका–१ बस्ने वर्ष ४४ का प्रमिला नेपाली, रामेछाप जिल्ला खाँडादेवी गाउँपालिका–८ बस्ने वर्ष ३० का सम्झना भुसाल र निजको छोरा वर्ष ६ को सङ्गीत भुसाल रहेको प्रहरीले जनाएको छ ।

 

सो दुर्घटनामा परी १८ जना भएको र उनीहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । रासस

कन्स्ट्रक्सन होलिडे रहर होइन बाध्यता हो, ३५०० आयोजनाको म्याद थप्नुपर्ने हुन्छ : अध्यक्ष रवी सिंहको अन्तर्वार्ता Read Previous

कन्स्ट्रक्सन होलिडे रहर होइन बाध्यता हो, ३५०० आयोजनाको म्याद थप्नुपर्ने हुन्छ : अध्यक्ष रवी सिंहको अन्तर्वार्ता

ईसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त Read Next

ईसेवाको अध्यक्षमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त