शिवरात्रीका लागि यसरी सजाइयो पशुपति (फोटोफिचर)

काठमाडौं । पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीका लागि ७० देखि ७५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । फूल तथा बिजुली बत्तीका सामग्री दाताहरुले आफ्नो इच्छाअनुसार राखेको भए पनि पशुपतिक्षेत्रमा रंगरोगनदेखि सरसफाइसम्मका काम पशुपति क्षेत्र विकास कोषबाट गरिएको छ ।

 

विकास कोषका महाशिवरात्री आयोजक रेवतीवरण अधिकारीले अनुसार चालु आवका लागि ५० लाख हाराहारीमा बजेट छुट्याइएको बताए । चालु आवमा कोभिडका कारण कम भक्तजन आउने अनुमानका साथ उक्त बजेट छुट्याइए पनि लागत ७० देखि ७५ लाख रुपैयाँ पुग्न सक्ने उनले बताए ।

पशुपति क्षेत्रमा स्काउट सहित ५ हजार बढीका हाराहारीमा स्वयम सेवकहरु परिचालन गरिनेछन् । पशुपतिमा शिवरात्रीका दिन ३० मिनेट देखि १ घण्टाभित्र दर्शन गर्न सम्भव हुेन उनले बताए । शिवरात्रीका लागि बाहिर, पिंगलास्थान, गौशला, जयबागेश्वरी गरी ३ तिरबाट जाने लाइन, भित्र पुग्दा ५ लाइनमा विभाजन गरी मन्दिर प्रवेश गराइने भएकाले सक्दो चाँडो दर्शन गर्न पाउने अधिकारीले बताए ।

 

कुन रुटका गाडी कहाँबाट गुड्ने

 

ट्राफिक प्रहरी महाशाखा रामशाह पथले शिवरात्रीका दिन पशुपतिमा भिड हुने भएकाले चाबहिलेदेखि गौशालासम्म गुड्ने सवारीको रुट गरिवर्तन गरिएको छ ।

चाबहिलतर्फबाट आउने सवारीहरु ओम हस्पिटल हुँदै कालोपुल धोबीखोला करिडोरबाट गुड्नेछन् । गौशालाबाट चाबहिल जाने सवारीहरु पुरानो बानेश्वर हुँदै धोवीखोखा करिडोरबाटो गुड्ने छन् । एयरपोर्टबाट आउने सवारीहरु सिनामंगलबाटै छुटिने छन् ।

 

१० लाख भक्तजन आउने अनुमान

 

शिवरात्रीमा पशुपतिनाथ दर्शन गर्न १० लाख हाराहारीमा भक्तजनहरु आउने अनुमान गरिएको छ । देशविदेशबाट समेत मानिसहरु धेरै आएकाले यो पटक सोचेभन्दा धेरै मानिसहरु पशुपति दर्शन गर्न आउने अनुमान गरिएको हो । अधिकारीका अनुसार दर्शनार्थीको स्वास्थ्य जाँचका लागि अस्पताल तथा क्लिनिकहरुले ५ वटा शिविर राख्ने भएका छन् । खानाका लागि १ सय वटा भोजन आवासको व्यवस्था पशुपति क्षेत्रभित्र गरिएको उनले बताए ।

सन्त साधुबाबालाई बस्न, खानको व्यवस्था गरिएको र एकादशीको दिनबाट सन्त साधुबाबाहरुलाई पशुपति भित्र प्रवेश गरेको जनाइएको छ । उनले ३५०० हाराहारीमा सन्तसाधु बाबाहरु पशुपतिमा आएको बताए ।

'डिजिटल वालेट'ले ट्राभल एजेन्सीको टिकट व्यापार सुकाएकै हुन ? Read Previous

'डिजिटल वालेट'ले ट्राभल एजेन्सीको टिकट व्यापार सुकाएकै हुन ?

५ निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा हुन बाँकी, यी ९ कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश Read Next

५ निर्जीवन बीमा कम्पनीको लाभांश घोषणा हुन बाँकी, यी ९ कम्पनीको सेयर किन्दा अझै पाइन्छ लाभांश