नेपाल बन्दको प्रभाव नगन्य, ३ वटा बसमा तोडफोड

काठमाडौैं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा आह्वान गरिएको नेपाल बन्दको प्रभाव नगन्य देखिएको छ ।

 

एमसीसी संसदबाट पास गरिएको विरोधमा विभिन्न कम्युनिष्ट पार्टी र मोर्चा गरी ८ संगठनले सोमबार आह्वान गरेको नेपाल बन्दको प्रभावहीन देखिएको हो ।

 

काठमाडौं उपत्यकाका मुख्य तथा भित्री सडकहरुमा निर्वाध रुपमा सवारीसाधन चलेका छन् भने बजारका पसलहरु पनि खुलेका छन् । महानगरीय प्रहरी परिसरका अनुसार सडकमा सवारीसाधनको चाप बढ्दो क्रममा रहेको छ । यद्यपि, काठमाडौं बाहिरका केही ठाउँमा भने प्रभाव देखिएको छ ।

 

यसैबीच, एकाविहानै भने बन्दकर्ताले केही सवारीसाधनमा तोडफोड गरेका छन् । बन्दकर्ताले सुकेधारामा दूधको गाडी तोडफोड गरेका छन् । त्यस्तै, कलंकी र चाबहिलमा बन्दकर्ताले ३ वटा बसमा तोडफोड गरेको प्रहरीले जनाएको छ।

 

यस्तै, उपत्यका विभिन्न ठाउँबाट बन्द गराउन हिँडेका आधा दर्जन व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

थापाथलीमा बहुतले पार्किङ बन्दै, फिजिबिलिटी अध्ययनको तयारी Read Previous

थापाथलीमा बहुतले पार्किङ बन्दै, फिजिबिलिटी अध्ययनको तयारी

शिवरात्रीका दिन काठमाडौंको यी रुटमा गाडी चलाउन नपाइने Read Next

शिवरात्रीका दिन काठमाडौंको यी रुटमा गाडी चलाउन नपाइने