शिवरात्रीका दिन काठमाडौंको यी रुटमा गाडी चलाउन नपाइने

काठमाडौं। महानगरीय ट्राफिक प्रहरी महाशाखाले शिवरात्रीको दिन काठमाडौंका विभिन्न रुटमा गाडी चलाउन रोक लगाएको छ ।  महाशाखाले मंगलबार पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको हो ।

 

महाशाखाले एक सूचना जारी गर्दै पशुपति क्षेत्रमा पूजाआज गर्ने आवत जावत गर्नेको भीडलाई मध्यनजर गर्दै सवारी आवागमनको रुट समेत निर्धारण गरेको हो ।पशुपतिनाथ मन्दिर वरपरका क्षेत्र भएर सवारी साधन चलाउनेहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न भनिएको छ।

 

प्रहरी तय गरेको रुट अनुसार चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, रातोपुल हुँदै गौशाला, तिलगंगा हुँदै गौशालातर्फ जाने सवारीलाई प्रवेश निधेष गरेको छ।

 

महाशाखाका अनुसार चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, द्धारिका होटलको उत्तरतर्फको शाखा मार्ग, सिफल चौरबाट जयबागेश्वरी तर्फको रुटमा गाडी चल्ने छैन।

 

यसैगरी, पशुपतिमा आउने दर्शनार्थीको सहजताका लागि महाशाखाले सिफल चौर, गुह्येश्वरी पारी, पशुपति विकास कोषको कार्यालय, भण्डारखाल र अमलाकोट, तिलगंगा करिडोर र महानगरीय प्रहरी वृत्त (सुरक्षा निकाय)पार्किङको व्यवस्था गरेको छ ।

नेपाल बन्दको प्रभाव नगन्य, ३ वटा बसमा तोडफोड Read Previous

नेपाल बन्दको प्रभाव नगन्य, ३ वटा बसमा तोडफोड

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि नगरपालिका ‘स्मार्ट सिटीमा’ Read Next

यसरी रुपान्तरित हुँदैछ चन्द्रागिरि नगरपालिका ‘स्मार्ट सिटीमा’