काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले निकट राष्ट्रिय युवा संघले पेट्रोलियम पर्दाथको मूल्य वृद्धिको विरोध गरेको छ ।
नेपाल आयल निगमले पछिल्लो समय लगातार पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आइरहेको छ । त्यसकै विरोधमा संघले बिहीबार कठमाडौंको बानेश्वरमा प्रदर्शन गरेको हो ।
संघले सांकेतिक विरोध स्वरुप पेट्रोल, डिजेलसँगै कवाडी स्कुटर र मोटरसाइकल पनि विक्रीमा राखेका थिए । संघले पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ, डिजेल प्रतिलिटर १२५ रुपैयाँमा विक्रीम राखेको थियो भने कवाडी मोटरसाइकल प्रतिकिलो ३० रुपैयाँ र स्कुटर २५ रुपैयाँमा विक्रीमा राखेको थियो ।
प्रदर्शनकारीले सडकमै चुल्हो बनाएर दाउरामा चिया समेत पकाएका थिए ।