नेपाल-भारत सीमा नाका ४ दिन बन्द

काठमाडौं । भारतले उत्तराखण्ड राज्यमा हुने विधानसभा निर्वाचनका लागि नेपालसित जोडिएका सीमा नाका चार दिन बन्द गर्ने भएको छ । बैतडी र दार्चुलासित जोडिएका नाका भारतले यही माघ २८ देखि फागुन २ गतेसम्म बन्द गर्न लागेको हो ।

 

बैतडीको झुलाघाट तथा दार्चुलाको लाली, जोलजीवी, दत्तु, खलङ्गा, तिगरम र सीतापुल नाका शुक्रबार साँझ ५ बजेदेखि बन्द हुने जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए। सो विषयमा भारतीय प्रशासनले बैतडी र दार्चुला जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।

 

निर्वाचनका बखत सुरक्षा संवेदनशीलताका कारण दुवै देशको सहमतिका आधारमा उक्त नाका बन्द गरिएका हुन् ।

राष्ट्रिय गौरवका आयोजना : बजेट छ, खर्चै गर्न सक्दैनन् Read Previous

राष्ट्रिय गौरवका आयोजना : बजेट छ, खर्चै गर्न सक्दैनन्

धमाधम आकाशे पुल निर्माण गर्दै काठमाडौं महानगर, केही ठाउँमा भने अलपत्र Read Next

धमाधम आकाशे पुल निर्माण गर्दै काठमाडौं महानगर, केही ठाउँमा भने अलपत्र